Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

संगठनको ड्रेस लगाएर फोटो, भिडिओ बनाउने १ सय २० सशस्त्र प्रहरी कारबाहीमा

संगठनको ड्रेस लगाएर फोटो, भिडिओ बनाउने १ सय २० सशस्त्र प्रहरी कारबाहीमा

  • काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले १ सय २० जना कर्मचारीलाई विभागीय कारबाही गरेको छ । संगठनको निर्देशन विपरित सामाजिक सञ्जालमा सशस्त्र प्रहरीको पोशाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्वीर तथा भिडियो बनाई अपलोड गरेका भन्दै उनीहरूलाई कारबाही गरिएको हो ।

    images
    images
    images
    उनीहरूले सशस्त्र प्रहरी बल नेपालको पोशाक लगाई भिडियो तथा तस्वीर खिचेर व्यक्तिगत प्रोफाईलमा रहेको फेसबुक, म्यासेन्जर, ट्वीटर (एक्स), इन्स्टाग्राम, टिकटक, युट्युब, इमो, वीच्याट लगायतका सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।

    कारबाही परेकाहरूमा सशस्त्र प्रहरी नायब निरीक्षक ४ जना, सहायक निरीक्षक ५ जना, वरिष्ठ हवल्दार ६ जना, हवल्दार ३ जना, सहायक हवल्दार ९ जना, जवान ९१ र परिचर २ रहेका छन् ।

    images

    उनीहरुलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाई बुझाई लगायतका कारबाही गरिएको सशस्त्र प्रहरीका नायब महानिरीक्षक कुमार न्यौपानेले जानकारी दिए ।संगठनको नियम विपरीत कार्य गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई नियमन गर्नको लागी सामाजिक संजाल अनुगमन सम्बन्धी शाखा स्थापना गरिएको पनि उनले बताए ।

    यसैगरी सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालले फागुन ४ गते मातहत कार्यालयहरुमा आदेशात्मक पत्राचार गर्दै २८ जनालाई कारबाही गर्न भनेको थियो । ती कर्मचारीहरूमाथि विभागीय कारबाही गरी सोको विवरण यथाशिघ्र खुलाई पठाउन मातहत कार्यालयहरुलाई निर्देशन दिइएको पनि उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij