Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

नेपाल आइन् साम्बा

नेपाल आइन् साम्बा

  • काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ नेपाल आइपुगेकी छिन् । आइतबार बिहान अखिल नेपाल फुटबल सङ्घ एन्फाका प्रवक्ता तथा अन्य पदाधिकारीले साम्बालाई स्वागत गरेका हुन् ।

    images
    images
    images

    सोमबारदेखि इन्टरनेसनल वुमेन्स च्याम्पियनसिपमा नेपालको तर्फबा चुनौती प्रस्तुत गर्न साम्बा नेपाल आइपुगेकी हुन् ।

    उद्घाटन खेलमा नेपालले किर्गिस्तानलाई चुनौती प्रस्तुत गर्नेछ । यस्तै, लेबनान र म्यानमार २ बजे आमने सामने हुनेछन् ।

    लामो यात्रा गर्नुपर्ने भएको कारण साम्बाले पहिलो खेल गुमाउने सम्भावना रहेको छ ।

    नेपाली राष्ट्रिय महिला टोलीको जर्सीबाट सर्वाधिक ५५ गोल गरिसकेकी साम्बा पछिल्लो समय फ्रान्समा व्यवसायीक फुटबल खेलिरहेकी छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij