
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध सीनेटमा महाअभियोगको सुनुवाई ८ फेब्रुअरीबाट शुरु हुने भएको छ । सीनेटका बहुमत नेता चक शूमरले अमेरिकी समयानुसार शुक्रवार यो घोषणा गरेका हुन् ।
उनले महाअभियोग प्रक्रियाको रुपमा सोमवार हाउस अफ रिप्रजन्टेटिभ्ज द्वारा औपचारिक रुपमा महाअभियोग लेखेर बुझाउने बताए ।ट्रम्पविरुद्ध ६ जनवरीमा क्यापिटल हिलमा भएको हिंसाका लागि आफ्ना समर्थकलाई भड्काएको आरोप छ ।
२६ जनवरीबाट यो प्रक्रिया शुरु गरिने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij