
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेपाली राष्ट्रिय युवा टोलीका मिडफिल्डर आशिष राईको खुट्टा भाँचिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिवार चीनको युनान प्रान्तीय टोलीसँग खेल्दा उनी विपक्षी टोलीको खेलाडीको ट्याकलमा परेका थिए । उनको तीन ठाउँमा खुट्टा भाँचिएको अखिल नेपाल फुटबल संघ ९एन्फा०ले बताएको छ। ३७औँ मिनेटमा युनानका मोरी डेलेले उनीमाथि ट्याकल गरेका हुन् । उक्त ट्याकलपछि उनी मैदानमै छटपटाएका थिए ।
उनलाई तत्कालै खुट्टामा ‘हट ब्याक’ राखेर स्टेचरमार्फत मैदान बाहिर ल्याइएको थियो । लगत्तै उनलाई सानेपास्थित स्टार हस्पिटल लगिएको हो । मोरीले पनि घाइते भएका छन् ।
आशिष् खेल्न नसक्ने भएपछि मुख्य प्रशिक्षक राजेश शाहीले ओमप्रकाश चौधरीलाई मैदान छिराएका थिए । जाँचपछि चिकित्सकले आशिषको खुट्टा भाँचिएको पुष्टि गरेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij