Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

थाइल्याण्डले नेपाललाई दियो १०७ रनको लक्ष्य

थाइल्याण्डले नेपाललाई दियो १०७ रनको लक्ष्य

  • काठमाडौं । महिला त्रिकोणात्मक टी–२० सिरिजमा थाइल्याण्डले नेपाललाई १०७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा थाइल्याण्डले पूरै ओभरमा ६ विकेटको क्षतिमा १०६ रनमा बनाएको हो ।

    images
    images
    images

    थाइल्याण्डका लागि थिपाचा पुथावोंग २५ र चनिदा सुथिरुआंग २७ रनमा अविजित रहिन् । नेपालका लागि मनीषा उपाध्यायले ३ विकेट लिइन् । सो क्रममा उनले ४ ओभरमा १८ रन खर्चेर १ मेडन फालिन् ।

    रचना चौधरी र पूजा महतोले १–१ विकेट लिइन् । राष्ट्रिय क्रिकेट टीममा रचनाको यो डेब्यू खेल हो । उनी महिला टोलीमा डेब्यू गर्ने ३७औं खेलाडी भएकी छिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij