
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । चीनले पनि अमेरिकाबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने घोषणा गरेको छ । अमेरिकाले चिनियाँ सामान थप १० प्रतिशत कर लगाउने निर्णयको बदलास्वरुप चीनले पनि कर लगाउने घोषणा गरेको हो ।
चीनले अमेरिकाबाट आयात हुने ठूला इन्जिन कार, पिकअप ट्रक, एलएनजी, कच्चा तेल र कृषि मेसिनरीमा कर लगाएको बीबीसीले जनाएको छ । यसअघि अमरेकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत भन्सार शुल्क लिने निर्णय गरेको थियो ।
यसको जवाफमा चीनले पनि अमेरिकाविरुद्ध त्यति नै भन्सार महुसल तोकेको बीबीसीले जनाएको छ । अमेरिकाले मेक्सिको र क्यानडाविरुद्ध तोकेका २५/२५ प्रतिशत कर लागू गर्ने निर्णय भने ३० दिनका लागि स्थगन गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij