
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । दुबई २०२५ विश्व पारा एथ्लेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन ३ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गर्ने भएको छ ।
मङ्गलबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बिदाइ गरेको छ । उनीहरुलाई सदस्यसचिव टङ्कलाल घिसिङ, राखेपकी सदस्य अञ्जना श्रेष्ठ र पारा एथलेटिक्स एसोसिएसन अफ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटीले शुभकामना दिएका छन् ।
फेब्रुअरी ५ देखि १४ तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र २ महिला खेलाडीले नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछन् ।
नवराज कार्कीले पुरुष ४ सय मिटर र १ हजार ५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । विलिशा अर्यालले महिला १ सय मिटर दौड र सटपुट तथा प्रभा आङडेम्वेले महिला २ सय/४ सय मिटर दौड र लङजम्पमा प्रतिस्पर्धा गर्नेछन् ।
यसै प्रतियोगिताको प्रदर्शनका आधारमा नयाँ दिल्लीमा हुने विश्व पारा एथ्लेटिक्स च्याम्पियनसिपमाका लागि खेलाडी छनोट गरिने बताइएको छ । टिम व्यवस्थापकमा साङबु भोटे, प्रशिक्षकमा ओलम्पियन विमला राना मगर र अफिसियलमा गीतादेवी दाहाल छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij