
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । पानामाले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता नवीकरण नगर्ने भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपछि पानामाले यस्तो कदम चालेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । पानामाले सन् २०१७ मा बीआरआई सम्झौता गरेको थियो ।
यो निर्णय गर्नुअघि पानामाका राष्ट्रपति जोसे राउल मुलिनोलाई अमेरिकी विदेश सचिव रुबियोले भेटका थिए ।
मुलिनोले विश्वव्यापी व्यापारका लागि अत्यावश्यक जलमार्गको व्यवस्थापनमा नयाँ अमेरिकी सरकारको दबाबको प्रतिरोध गरेका थिए ।
रुबियोले भेटमा चेतावनी दिँदै भनेका थिए, “यदि पनामाले चीनको प्रभाव हटाएन भने अमेरिका र पनामाबीचको सन्धिअनुसार आफ्ना अधिकारहरूको रक्षा गर्न व्यापक कदम चाल्नेछ ।”
तर, सीएनएनकाअनुसार रुबियोले भेटपटि नहर फिर्ता लिने वा बल प्रयोग गर्ने कुनै वास्तविक धम्की नदिएको बताएका थिए । पानामाका नेताले जलमार्ग वरपर चिनियाँ उपस्थितिबारे अमेरिकी चिन्तालाई सम्बोधन गरेको र सम्झौता गर्न सुझाव दिएका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सपथ ग्रहण गर्नुअघि नै पनामा नहर पुनः अमेरिकी नियन्त्रणमा लिने धम्की दिएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij