
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । मधेश केन्द्रित ८ दलको बैठक आज बस्दैछ । दिउँसो १:०० बजे नागरिक उन्मुक्ति पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक बस्ने राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झाले बताए ।
मधेश तथा थारु आन्दोलनबाट प्राप्त उपलब्धि, रक्षाका लागि आगामी दिनमा समान रणनीति बनाएर जाने विषयमा बैठकमा छलफल हुने उनले बताए ।
झाले भने, ‘बैठकमा आठ दलीय मोर्चाको काम कर्तव्य र अधिकारका साथै भावी योजनासम्बन्धी महत्त्वपूर्ण छलफल हुन्छ । आठ दलबाट कार्यदलका सदस्य र वार्ता टोली संयोजकलाई बोलाइएको छ ।’
बैठकमा रेणु यादव र इस्तियाक राई, जनमतबाट अब्दुल खान र शरद सिंह यादव, जसपा नेपालबाट राजकिशोर यादव र मनिष सुमन, उन्मुक्तिबाट गंगाराम चौधरी र लालविर चौधरी, लोसपाबाट सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट राम नरेश राय र केशव झा, जनता प्रगतिशीलबाट शिवजी यादव र तमलोपाबाट वृखेश चन्द्र लाल र बज्रकिशोर सिंह रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij