Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

  • काठमाडौं । एनएमबि बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५१ हजार ७४६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

    images
    images
    images

    यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

    उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले आवश्यक कागजात सहित ७ दिनभित्र काठमाडौंको बालुवाटारस्थित एनएमबि क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) को कार्यालयमा निवेदन दिनु पर्नेछ ।

    सेयर खरिदका लागि निवेदन दिएपछि आपसी सहमतिमा मात्रै सेयर खरिद बिक्री पक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij