Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सुनचाँदीको भाउमा उछाल !

सुनचाँदीको भाउमा उछाल !

  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको भाउमा उल्लेखनीय वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २३ सय रुपैयाँले वृद्धि भएको छ । यो वृद्धिसँगै छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मात्र प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज उकालो लागेको हो ।

    images
    images
    images

    यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । हिजो तोलाको १ हजार ८८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले बढेर प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    विशेषज्ञहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर नेपाली बजारमा पनि देखिएको हो । आगामी दिनमा मूल्यमा थप परिवर्तन आउने अनुमान गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij