
Apr 14 2025 | २०८२, वैशाख १ गते
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मुछिएको सहकारी ठगीको मुद्दामा सरकारी वकिलहरुको बहस सकिएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा सरकारी वकिल बहस सकिएर जाहेरवालाको सुरु भएका छ ।
सरकारी वकिलहरू खडिन्द्रपराज पन्त, चन्द्रप्रसाद सञ्जेल, सन्तोषराज कटुवाल, राधिका सुवाल र बिना खड्का थापा लगायतले बहस गरे ।
पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका रवि आइतबार जिल्ला अदालत काठमाडौंमा आफैँ उपस्थित हुन पुगेका थिए ।
आइतबारै बयान सकिए पनि बहस हुन सकेको थिएन । जसले गर्दा अदालतले उनलाई न्यायिक हिरासतमा पठाएको थियो ।
सोमबारदेखि थुनछेक बहस सुरु भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij