Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

महानगरपालिकाले पार्यो काठमाडौं भ्युटावरको नक्सा प्रक्रिया निष्क्रिय

महानगरपालिकाले पार्यो काठमाडौं भ्युटावरको नक्सा प्रक्रिया निष्क्रिय

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नं. २८ स्थित पुरानो बसपार्कमा निर्माणाधीन भ्युटावरको नक्स प्रक्रिया निष्क्रिय पारेको छ । भ्युटावरको नक्सालाई लिएर विवाद बढिरहेका बेला महानगरपालिकाले प्रक्रिया निष्क्रिय पार्ने निर्णय गरेको हो ।

    images
    images
    images
    भ्युटावर भवनको नक्सा पास सम्बन्धमा अध्ययन गर्न छानबिन समिति गठन गरिएकाले त्यसबाट प्रतिवेदन प्राप्त नहुँदासम्मका लागि नक्सा पास प्रक्रिया निष्क्रिय पारिएको महानगरपालिकाले जनाएको छ ।

    योसँगै भ्युटावर निर्माणको कार्यसमेत स्थगन हुने भएको छ ।

    पुरानो बसपार्कमा भ्युटावर निर्माण गर्न महानगरपालिकाले टेण्डर प्रक्रिया अघि बढाएकोमा जलेश्वर स्वच्छन्द विकोइ विल्डर्स प्रालि छनोट भएको थियो । मिति ०७१ फागुन २२ मा दुई पक्षबीच सम्झौता भएर निर्माण कार्य चलिरहेको सन्दर्भमा त्यसको नक्सा पासलाई लिएर भएकोमा बीच बीचमा झमेला हुँदा निर्माण प्रक्रियाले गति लिन सकेको थिएन । यहीबीच नक्सालाई लिएर विवाद उत्पन्न भएपछि महानगरपालिकाले अहिले समिति गठन गरेर यसमाथि छानबिन गराइरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij