
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भन्सार छलि गरेर सुन ल्याउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
एयर इन्डियाको उडानदेखि दोहाबाट काठमाडौं आएका चितवन भरतपुर महानगरपालिका-१२ घर भएका २५ वर्षीय संजय तामाङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट भन्सार छली गरि ल्याइएको करिब ६१ ग्राम तौल बराबरको सुनको धातुको ढिक्का १ थान र औठी १ थान प्रहरीले बरामद गरेको छ ।
प्रहरीले उनलाई अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij