Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

आजै सकिने माओवादी केन्द्रीय समिति बैठक

आजै सकिने माओवादी केन्द्रीय समिति बैठक

  • काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजै सकिने भएको छ ।

    images
    images
    images

    यसका लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिउँसो २ बजेसम्म केन्द्रीय सदस्यहरूले धारणा राखिसकेपछि जवाफ र निर्णय प्रक्रियामा अगाडि बढ्ने प्रस्ताव गरेका छन् । मंगलबारको बैठकको सुरुमा बोल्दै प्रचण्डले आफूले पेस गरेको राजनीतिक प्रस्तावमा सबैको सर्वसम्मत धारणा आएको बताए ।

    त्यसैले छलफलको प्रक्रिया छोट्उने भनेर उनले दिउँसो २ बजेसम्म केन्द्रीय सदस्यहरूले धारणा राखिसक्ने र निर्णय प्रक्रियामा अघि बढ्ने बताएका हुन् । आइतबार प्रचण्डले ३० पेजको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसमा धारणा राख्न १८० जनाले नाम टिपाएका थिए । ८० जनाले सोमबार बोलेका थिए । बाँकीले बोल्नेक्रम जारी छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij