
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण सुरु भएयता पाँच हजारभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भइसकेका छन् । तीमध्ये १३ जना स्वास्थ्यकर्मीको मृत्यु भइसकेको छ । त्यसमा पाँच जना चिकित्सकको कोरोनाका कारण मृत्यु भयो । कोरोना सङ्क्रमित हुनेमा वरिष्ठ चिकित्सकदेखि नर्र्स, स्वास्थ्यकर्मी छन् ।
कतिपय चिकित्सक कोरोना सङ्क्रमण भएपछि जटिल स्थितिमा पुगेर आईसीयू तथा भेन्टिलेटरमा उपचारपछि निको भए । पुनः काममा फर्किएर बिरामीको जीवन बचाउन लागिरहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीलाई गत कात्तिक ६ गते कोरोना पुष्टि भएको थियो । कोरोनालाई परास्त गरी उहाँ यतिखेर मन्त्रालयको नियमित काममा फर्किसक्नुभएको छ । दशैँको मुखमा कोरोना सङ्क्रमित भएपछि उनलाई दशैँको रौनक भएन । केही खाएको स्वाद तथा गन्धसमेत थाहा हँुदैनथ्यो ।
सहप्रवक्ता डा। अधिकारीले दशँैमा आफैले टीका लगाएका थिए । आमाबुबाले मुछेर कोठाको कुनामा राखिदिएको टीका आफैले लगाउनुपरेको खल्लो अनुभव छ डा। अधिकारीसँग । कोरोना सङ्क्रमित भएको १४ दिनपछि उनी पुनः कोरोना परीक्षण नगरी काममा गए ।
कतिपय कार्यालयमा काम गर्न नेगेटिभ रिपोर्ट आउनुपर्ने बाध्यात्मक परिस्थिति रहेको भन्दै अधिकारीले लक्षण केही छैन भने १४ दिनपछि नियमित काममा जान सबै सङ्क्रमितलाई सुझाव दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij