Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु: निकिता पौडेल

४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु: निकिता पौडेल

  • काठमाडौं । रास्वपा सभापति रवि लामिछानेकी पत्नि निकिता पौडेलले आफूमाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ देखाएको गुनासो गरेकी छन् ।

    images
    images
    images

    आफ्नो बैङ्क खाताबारे अफवाह फैलाउँदै मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाजसमेत मुकदर्शक बनेको उनी बताउँछिन् ।

    उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘खाता मेरो हो । यति-उति पैसा छ भनेर आआफैं अनुमान लगाउनुभन्दा सोधेको भए बताइदिन्थे नि ! श्रीमान् हिरासतमा भएको बेला ममाथि केही मिडियाले देखाएको ‘पुरुषार्थ’ अगाडि समाज मुकदर्शक बनेकोमा झनै आश्चर्यमा छु ।

    अनुसन्धानमा रहेको विषयमा ‘मिडिया ट्रायल’ भइरहेको पौडेलले बताइन् । उनले ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै आएको बताएकी छन् ।

    उनले थप लेखेकी छन्, ‘आज बिहानै बुवाले फोनमा हाँस्दै सोध्नुभयो, तिमीसँग त त्यत्रो पैसा रहेछ, कुनै मिडियाले १५ करोड, कुनैले २५ त, कसैले ५० करोड । तिमीसँग छ चाहिँ कति ? अलिकति मलाई पनि देऊ न । मैले पनि हाँस्दै भने, त्यत्रो पैसा भएरै त होला ४ करोडमा किनेको घरको किस्ता आजसम्म तिर्दै छु ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij