
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वमेयर पीएल सिंहको निधनमा शोक बिदा दिएको छ ।
काठमाडौंको पहिलो मेयर ८८ वर्षीय सिंहको काठमाडौँको ठमेल चाक्सीबारीमा सोमबार निधन भएको थियो । महानगरले सिंहको निधनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अत्यावश्यक सेवाबाहेक मातहतका कार्यालयमा शोक बिदा दिने निर्णय गरेको हो ।
२०४९ सालमा नेपाली काँग्रेसबाट काठमाडौं नगरपालिकाको मेयर निर्वाचित भएका सिंहले २०५२ साल मंसिर २९ गते काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरेका थिए ।
सिंहको योगदानलाई सम्मान गर्दै आज अत्यावश्यक बाहेक काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिइएको महानगरले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij