Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

मोटरसाइकलको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु

  • काठमाडौं । मोटरसाइकलले ठक्कर दिँदा भक्तपुरमा एकजना पैदलयात्रीको मृत्यु भएको छ । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको नलिञ्चोक जोरपाटीमा जगातीबाट साँगातर्फ जाँदै गरेको बा ४६ प ११२७ नम्बरको मोटरसाइकलले नलिञ्चोकमा आज बिहान पैदलयात्रीलाई ठक्कर दिएको हो ।

    images
    images
    images

    दुर्घटनामा रामेछाप घर भई हाल नलिञ्चोक बस्ने ७० वर्षीय निमबहादुर मगरको मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए ।

    मोटरसाइकल चालक काभ्रे बस्ने ४४ वर्षीय जीतेन्द्र श्रेष्ठलाई पक्राउ गरी सवारीसाधनसहित प्रहरी वृत जगातीमा थप अनुसन्धान थालिएको उनले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij