Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा थप ९ दिन थुनामा राख्न प्रहरीले माग गरे पनि कास्की जिल्ला अदालतले पाँच दिन मात्र थुनामा राख्न अनुमति दिएको छ ।

    images
    images
    images

    न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले बिहीबार लामिछानेलाई पाँच दिन थप थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

    प्रहरीले अन्तिम पटक म्याद थप गरेपछि उनलाई पुनः अदालतमा उपस्थित गराउने तयारी गरिरहेको छ । साथै, अब छिट्टै अभियोजन पत्र दायर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

    गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेसँगै सहकारी ठगी प्रकरणमा पूर्व डिआइजी तथा गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, नेचर हब्र्सका रामबहादुर खनाल, र लिला पछाईलाई पनि अदालतमा उपस्थित गराइएको थियो ।

    उनीहरू सबैलाई पाँच दिनको म्याद थपिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij