
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । चीन भ्रमणबाट फर्किएपछिको एक सातापछि प्रधानमन्त्री ओलीले पहिलो पटक मन्त्रिपरिषद् बैठक डाकेका हुन् ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा साँझ ५ बजे बस्ने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्रीको चीन भ्रमणको समीक्षासहित सरकारको काम कारवाहीबारे नियमित छलफल हुने जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij