Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आफूले पढेको स्कुलको भवन प्रधानमन्त्रीले गरे उद्घाटन

आफूले पढेको स्कुलको भवन प्रधानमन्त्रीले गरे उद्घाटन

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बाल्यकालसँग जोडिएको एउटा ऐतिहासिक क्षणलाई पुनः जीवित तुल्याएका छन् ।

    images
    images
    images

    उनले तीन कक्षासम्म अध्ययन  गरेको पाँचथरको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै आफ्नो बाल्यकालका यादलाई  ससम्झना गरे ।

    तेह्रथुमको आठराई गाउँपालिका-४, इवामा रहेको यो विद्यालयको १८ कोठे भवन बुधबार ओलीले रिबन काटेर उद्घाटन गरे ।

    विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकीका अनुसार प्रधानमन्त्री ओलीले यस विद्यालयमा कक्षा ३ सम्म अध्ययन गरेका थिए ।

    यो भवन दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको रु ४ करोड ४९ लाख ६० हजारको मुख्य लगानीमा निर्माण भएको हो। कोशी प्रदेश सरकारले रु २१ लाख ४० हजार र आठराई गाउँपालिकाले रु ६९ लाखको योगदान गरेका थिए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम घिमिरेका अनुसार, पुरानो भवनको जीर्ण अवस्थाले पठनपाठनमा समस्या सिर्जना गरेपछि प्रधानमन्त्री ओलीलाई सहयोगका लागि अनुरोध गरिएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij