
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाले ३० औँ महानगर दिवस मनाउने भएको छ । आज पत्रकार सम्मेलन गरेर महानगरले सो बारेमा जानकारी दिएको हो ।
एकसय ६ वर्षअघि सफाई अड्डाबाट शुरु भएको थियो, अहिलेको महानगरपालिका । तर, वि.सं. २०५२ साल मंसिर २९ गते मात्रै महानगरपालिका घोषणा भएको हो ।
सो अवसरमा महानगरले सैनिक मञ्च टुँडिखेलमा साङ्गीतिक कार्यक्रम गर्ने भएको छ । मौलिक खानाको स्टल, मौलिक वस्तु तथा सामग्री प्रदर्शनसहित आकर्षण राखिने जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij