Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

  • काठमाडौं । जुवातास खेलिरहेको अवस्था काठमाडौं र सिन्धुपाल्चोबाट १७ जना पक्राउ परेका छन् । 

    images
    images
    images

    काठमाडौं गोंगबु गणेशस्थान बस्ने मिहिर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५० हजार रूपैयाँ, अमेरिकी डलर ७ सय र ४ बुक तास सहित पक्राउ गरेको हो । 

    यसैगरी सिन्धुपाल्चोक आठकिलो बस्ने साङदोर्जे शेर्पाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-२ तातोपानी बस्ने ३० वर्षीय होम बहादुर गुरुङ समेत ८ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

    इलाका प्रहरी कार्यालय बाह्रबिसे समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १९ हजार ६ सय ८४ रूपैयाँ र ज्याक्पट क्यासिनो मेसिन २ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij