Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

पोखराले टस जित्यो

पोखराले टस जित्यो

  • काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको दोस्रो खेल पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच हुँदैछ । त्रिवि मैदान कीर्तिपुरमा हुने उक्त खेलमा पोखराले टस जितेर ब्याटिङ रोजेको छ ।

    images
    images
    images

    सोमपार कामीको कप्तानीमा रहेको कर्णाली याक्सले मध्यम प्रदर्शन गरेको छ।  कर्णाली याक्सले चार खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै चार अंक जोडेको छ। कर्णाली चौथो स्थानमा छ। कर्णाली पहिलो खेलमा जनकपुरसँग आठ विकेटले र दोस्रो खेलमा काठमाडौँ गुर्खाजसँग तीन विकेटले हारेको थियो । कर्णालीले तेस्रो खेलमा चितवनलाई ६ विकेटले तथा चौथो खेलमा विराटनगरलाई सात रनले हराएको थियो ।

    यसैगरी पोखरा एभेन्जर्स दुई अंकसहित पाँचौँ स्थानमा छ । उसले तीन खेलमा एकमा जित दुईमा बेहोरेको छ । पोखरा पहिलो खेलमा चितवनसँग ८७ रनले र दोस्रो खेलमा जनकपुरसँग सात विकेटले पराजित भएको थियो । तेस्रो खेलमा पोखराले लुम्बिनी लायन्सलाई १० विकेटले हराएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij