Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

श्रीलङ्काद्धारा कोभिडका कारण बन्द सीमा सबै देशका लागि खुला

श्रीलङ्काद्धारा कोभिडका कारण बन्द सीमा सबै देशका लागि खुला

  • कोबम्बो । श्रीलङ्काले कोभिड १९को असरका कारण बन्द गरेको आफ्नो देशको सीमा अन्तर्राष्ट्रिय रुपमा नै खुला गरेको जनाएको छ ।श्रीलङ्काको पर्यटन मन्त्रालयले बिहीबार सो कुराको जानकारी गराएको हो । बिहीबारबाट श्रीलङ्का आउने सबै अन्तर्राष्ट्रिय जहाजहरु पनि खुला गरिएको जानकारी दिइएको छ ।
     
    यस अघि श्रीलङ्कामा कोभिडको कारण भन्दै स्थलमार्गका साथै अरु अन्तर्राष्ट्रिय उडानहरु पनि बन्द गरिएको थियो ।श्रीलङ्काको पर्यटन मन्त्रालयले दिएको जानकारीअनुसार बिहीबार मात्र पनि ओमनबाट ५० जना श्रीलङ्काली नागरिक बोकेर ओमन एयरको विमान बिहीबार बन्दरनायके अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।
     
    सो विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै श्रीलङ्काली पर्यटन मन्त्री प्रसन्ना रणतुंगाले बिहीबारबाट श्रीलङ्काले विदेशी उडानहरु पनि खुला गरेको जानकारी दिनुभयो । उहाँले श्रीलङ्काको पर्यटन व्यवसाय निकै नै प्रभावित परेको अवस्थामा वर्तमान सरकारले यसरी विदेशी उडानहरु शुरु गरिदिएर निकै राम्रो काम गरेको भन्दै श्रीलङ्काली प्रधानमन्त्री र राष्ट्रपतिलाई पनि विशेष धन्यवाद दिनुभयो ।
     
    उहाँले यहाँका होटल तथा पर्यटकहरुलाई सेवा दिने अरु सबै निकायहरुले आवश्यक मात्रामा स्वास्थ्यको सुरक्षाका मापदण्डहरु अपनाउने जानकारी दिनुभयो ।यहाँ आउने सबै पर्यटकहरुलाई पनि सो मापदण्ड पालना गर्न भन्ने र स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु देशभित्र पनि अपनाइने भन्दै उहाँले श्रीलङ्काको पर्यटन क्षेत्र सुरक्षित रहेको बताउनुभयो ।

    images
    images
    images

    तर यहाँ आउने प्रत्येक पर्यटकलाई पिसिआर परीक्षण भने गरिने बताइएको छ । उहाँले विमानस्थलको आगमन कक्षमा नै विदेशी पर्यटकको पीसीआर परीक्षण गर्ने गरिएको बताउनुभयो । उहाँका अनुसार यहाँ हरेक दिन कम्तीमा पनि २ हजार ५०० जति विदेशी पर्यटकको पीसीआर परीक्षण गर्ने क्षमता रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij