
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक क्षेत्रलाई आधुनिक सहर बनाइने बताएका छन् ।
१०० मिटर अग्लो र १८ तले सो कम्प्लेक्सको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नयाँ तरिकाको विकास गरी दमकलाई आधुनिक सहर बनाइने बताए । उनले कम्प्लेक्स निर्माणले रोजगारी र पर्यटन वृद्धि हुने धारणासमेत राखेका छन् ।
विश्वका ठूला मुलुकमा आर्थिक स्रोत र पहिचानको लागि ठूला भवन बनेको उनको भनाइ थियो । मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले कम्प्लेक्स एक अर्ब ६३ करोड ५४ लाख ४६ हजार लागतमा बनेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij