
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले पहिलो हार ब्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सुदुरपश्चिमलाई चितवन राइनोजले ३३ रनले पराजित गरेको हो ।
चितवनको भने यो तेस्रो जित हो। उसले अघिल्ला तीन मध्ये एक खेलमा पराजय भोगेको थियो । सुदूरपश्चिम भने यसअघि लगातार तीन खेलमा विजयी भएको थियो ।
आइतबार चितवनले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८।२ ओभरमा १३१ रनमै अलआउट भयो ।
सुदूरपश्चिमका ओपनरद्वय सइफ जइब १८ रन र विनोद भण्डारी १० रनमा आउट भए । ब्रान्डन माक्मलेनले १३ रन र दिलप्रित बजवाले १२ रन जोड्न सके ।
कप्तान दीपेन्द्रसिंह ऐरी १ रन, आरिफ शेख ४ रन र नरेश बुढाऐर ५ रनमै आउट भए । इशान पाण्डेले ३५ रन जोड्न सके । पाण्डेले २८ बलमा ४ चौका र १ छक्का प्रहार गरे । नरेन राउद १० रन र स्कट कुगेलेइनले १६ रन बनाए ।
बलिङमा चितवनका रिजन ढकाल, कुशल मल्ल, लोफ्टी इटन र अमरसिंह रटेउलाले २ विकेट लिए।
इशाखिलको अर्धशतकमा चितवनको १६४ रनटस जितेर पहिले ब्याटिङ गरेको चितवनले ५ विकेटको क्षतिमा १६४ रन जोड्यो ।
चितवनका लागि ओपनिङ ब्याटर हसन इशाखिलले १६औं ओभरमा स्कट कुगेलेइनको बलमा नरेश बुढाऐरबाट क्यान हुनुअघि ५२ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ६५ रन जोडे ।
अर्का ओपनर सन्तोस कार्की भने ९ रनमै आउट भए। उनी चौथो ओभरमा ब्रान्डन माक्मलेनको बलमा बुढाऐरबाटै क्याच भएका थिए ।
विकेटकिपर ब्याटर विपिन रावलले १७ रन जोड्न सके । सइफ जाइब बलमा कुगेलेइनबाट क्याच हुँदा उनले २० बलमा २ चौका प्रहार गरे।
१८औं ओभरमा कप्तान कुशल मल्ल १३ रनमा कुगेलेइनबाट क्याच भएका थिए। अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीको बलमा क्याच हुनुअघि रवी बोपाराले १८ बलमा २ चौका र २ छक्काको मद्दतमा ३६ रन बनाए ।
बलिङमा कुगेलेइनले २ विकेट लिए भने माक्मलेन, दीपेन्द्र र जइबले १(१ विकेट लिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij