
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । अमेरिकी डलर एकको खरिद एक सय ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ८१ पैसा कायम भएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिद ९६ रुपैयाँ ३० पैसा र बिक्रीदर ९६ रुपैयाँ ७३ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३६ रुपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिद ३७ रुपैयाँ ९ पैसा र बिक्रीदर ३७ रुपैयाँ २५ पैसा,युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा, मलेसियन रिङ्गेट एकको खरिद ३० रुपैयाँ ५९ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा, साउथ कोरियन वन एक सयको खरिद नौ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकका अनुसार कुवेती दिनार एकको खरिददर चार सय ४० रुपैयाँ ५ पैसा र बिक्रीदर चार सय ४२ रुपैयाँ, बहराइन दिनार एकको खरिददर तीन सय ५८ रुपैयाँ ५५ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ १४ पैसा, ओमनि रियाल एकको खरिद तीन सय ५१ रुपैयाँ १९ पैसा, बिक्रीदर तीन सय ५२ रुपैयाँ ७५ पैसा कायम गरिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij