
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । धरानका मेयर हर्क साम्पाङविरुद्ध प्रहरीमा उजुरी परेको छ । थिति र विधि विपरीत काम गर्दै आएका उनीविरुद्ध निरन्तर धम्की दिएको भन्दै उजुरी परेको हो ।
उनको कामका विषयमा समाचार लेखेका पत्रकारलाई सामाजिक सञ्जाल मार्फत धम्की दिएका मेयर साम्पाङविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको हो ।
पत्रकार महासंघ सुनसरीको भेलापछि नेपाल पत्रकार महासङ्घ सुनसरी जिल्ला अध्यक्ष जनक ऋषि राई र केन्द्रीय पार्षद् गोपाल दाहालले शान्ति सुरक्षासहित आवश्यक कारबाहीको माग गर्दै प्रहरीमा कार्यालयमा उजुरी दिएका हुन् ।
दुई दिन अघि साम्पाङले सामाजिक सञ्जाल मार्फत पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषी राई र पत्रकार दाहाललाई धम्की दिएका थिए ।
उनले आफू नियमित रूपमा भेला जाने पसलमा बिहीबार उपस्थित हुन आदेश समेत दिएका थिए ।
गोपाल दाहालले खोज पत्रकारिता केन्द्रका लागि ‘हर्क साम्पाङको मौन मौजी शासन बेथितिको दलदलमा धरान’ शीर्षकको समाचार लेखेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij