
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग आज पनि बयान सुरु भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा बिहान ९ बजेदेखि बयान भइरहेको हो । हिजो दिउँसो १ देखि ४ बजेसम्म नसकिएपछि आज पनि बयान लिइएको हो ।
चितवनस्थित साहारा चितवन सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा लामिछानेमाथि बयान भइरहेको हो ।तत्कालीन गोर्खा मिडिया प्रालिका सञ्चालक, सेयर होल्डर तथा प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेमाथि विभिन्न सहकारीबाट रकम लगेको आरोप छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij