Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

एनपीएलः सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य

एनपीएलः सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य

  • काठमाडौं । नेपाल प्रिमियर लिग अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई जितका लागि १८३ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १८२ रन बनाएको हो ।

    images
    images
    images

    सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक नटआउट ५७ रन बनाए । ब्राण्डन म्याकमुलनले ३६, विनोद भण्डारीले २३, इशान पाण्डेले २१, सैफ जैबले १४, स्कट कग्लिनले १० रन बनाए । विराटनगरका लागि अनिल खरेलले ३ विकेट लिए । क्रिस सोल, इस्मत आलम र बसिर अहमदले १–१ विकेट लिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij