
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । सहकारी ठगीमा जिल्ला प्रहरी परिसर, काठमाडौंबाट मुद्दा चलाइएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ ।
शुक्रबारदेखि शुरु भएको उनको बयान आज तेस्रो दिन सकिएको हो । उनले दिएको बयानको पुनः अध्ययन र बयान कागजमा सहीछाप गरेपछि प्रहरी परिसर पठाउने तयारी भएको जिल्ला सरकारी वकिलको कार्यालय, भद्रकालीका प्रमुख सहमहान्यायाधिवक्ता सन्देश श्रेष्ठले बताए ।
लामिछानेलाई भोलि पोखरा पठाइने जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले बताए । ‘आज बयान सकिएको हो भने भोलि पोखरा पठाइदिन्छौ’, उनले भने । पोखराबाट फेरि अर्को बयानका निम्ति चितवन पठाइने भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij