
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा चितवन राइनोजविरुद्ध काठमाडौं गुर्खाजले खराब ब्याटिङ गरेको छ ।
टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले १२ ओभरको खेल सकिदा ५ विकेट गुमाएर ६८ रन बनाएको छ ।
माइकल लेभिट २५, स्टेफन इस्किनाजी २, जेहार्ड एरासमस ४, भीम सार्की १ र शंकर राना ११ रन जोडेर आउट भए । रसिद खान ३ र सुमित महर्जन १३ रन बनाएर खेलिरहेका छन् ।
बलिङमा चितवनका सोहेल तनवीरले ३, कप्तान कुशल मल्ल र अमंरसिंह रौटेलाले एकएक विकेट लिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij