
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । कैलालीमा ६ ग्राम खैरो हेरोइनसहित ४ जना युवक पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको संयुक्त प्रहरी टोलीले चार जना युवकलाई खैरो हेरोइनसहित पक्राउ गरेको हो । टीकापुर खक्रौलाबाट २१ वर्षीय बिशाल शाही ४ ग्राम ६१० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् ।
उनलाई इलाका प्रहरी कार्यालय टीकापुरमा राखेर थप अनुसन्धान भइरहेको छ । यस्तै इलाका प्रहरी कार्यालय मालाखेती र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले गोदावरी गेटाबाट घनगढीका २३ वर्षीय प्रबिन रानालाई १ ग्राम ३१० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन् ।
यस्तै लम्की–चुहा बलियाबाट लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २० वर्षीय खेमराज जैशी र २२ वर्षीय धिरज चौधरीलाई ८० वटा ट्रमाडोल, २० वटा स्पास, र १६ वटा ट्याबलेट अभिलसहित दुवै जनालाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय लम्कीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij