
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली विराटनगर किंग्सका मार्टिन गप्टिल काठमाडौं आइपुगेका छन् । बुधबार मार्टिन काठमाडौं आएको विराटनगरले जानकारी दिएको छ । ३८ वर्षीय गप्टिलले विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट र फ्रेन्चाइज क्रिकेट लिग खेलिसकेका छन् ।
गप्टिलले न्यूजिल्याण्डका लागि ४७ टेस्ट, १९८ ओडीआई र १२२ टी–२०आई खेल खेलेका छन् । यसअघि विराटनगर किंग्सका निकोलस किर्तन पनि काठमाडौं आइपुगेका हुन् ।
विराटनगरको मार्की खेलाडीमा सन्दीप लामिछाने छन् । यसले केभिन ओब्रायनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुने हुनेछ । उद्घाटन खेलमा जनकपुर र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुनेछ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij