Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

कीर्तिपुर र काठमाडौं १६ मा निर्वाचन आयोगका दुई टोली परिचालन

कीर्तिपुर र काठमाडौं १६ मा निर्वाचन आयोगका दुई टोली परिचालन

  • काठमाडौं । उपनिर्वाचन हुन लागेका कीर्तिपुर नगरपालिका र काठमाडौंको १६ नम्बर वडामा निर्वाचन आचार संहिताको व्यापक उल्लघन गरेको भन्दै निर्वाचन आयोगले अनुगमन सुरू गरेको छ । आयोगले छुट्टाछुट्टै टोली बनाएर अनुगमनका लागि पठाएको हो ।

    images
    images
    images

    कीर्तिपुरमा एसएसपी दीपक रेग्मीको नेतृत्वमा टोली खटाइएको छ । टोलीमा आयोगका सहसचिव डा.थानेश्वर भुषाल, उपन्यायाधीवक्ता केदार अधिकारी र सशस्त्र प्रहरी बलका डीएसपी अशोक न्यौपाने रहेका छन् । टोलीले पहिलो चरणको कारवाही अघि बढाइसकेको छ ।

    काठमाडौं-१६ मा सहसचिव नारायणप्रसाद सापकोटाको नेतृत्वमा टोली परिचालन गरिएको छ । टोलीमा सशस्त्रका एसएसपी दिग्विजय सुवेदी, आयोगको सहसचिव सीता पुन, प्रहरीका एसपी सञ्जय सिंह थापा रहेका छन् ।

    आगामी १६ मंसिरमा हुने उपनिर्वाचनको प्रचारप्रसारका क्रममा विभन्न दल र उम्मेदवारले ती स्थानमा आचारसंहिता विपरितका क्रियाकपाल गरेको आयोगले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij