Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

ललितपुर महानगर प्रमुख महर्जन र कोसोभोका मन्त्रीबीच भेटवार्ता

ललितपुर महानगर प्रमुख महर्जन र कोसोभोका मन्त्रीबीच भेटवार्ता

  • काठमाडौं । नेपाल भ्रमणमा रहेका कोसोभोका स्थानीय सरकार तथा प्रशासन मन्त्री एल्बर्ट क्रिस्निक र ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनबीच भेटवार्ता भएको छ ।

    images
    images
    images

    मन्त्री एल्बर्ट प्रतिनिधिमण्डलको टोलीले महानगर प्रमुख महर्जनसँग पुल्चोकस्थित महानगर कार्यालयमा भेटवार्ता गरेको हो ।नेपालमा स्थानीय सकारको अभ्यास, उपलब्धि, अवसर र चुनौतीका बारेमा मन्त्री एलबर्टको टोलीले जानकारी लिएको छ ।

    हेल्भेटास नेपालद्वारा नेपालमा सञ्चालित कार्यक्रमबारे अध्ययन गर्ने सिलसिलामा कोसोभो टोली सोमबार नेपाल आइपुगेको हो ।

    भेटमा महानगर प्रमुख महर्जनले नेपालमा तीन तहको सरकार रहेको बताउँदै संघीय र प्रदेश सरकारले स्थानीय सरकारलाई क्षेत्रगत रूपमा सहयोग गर्ने गरेको बताए ।

    महानगरभित्रको सम्पदा संरक्षणमा प्रशस्तै काम भएको भन्दै उनले पेट्रोल, डिजेलबाट चल्ने सवारीसाधनले वातावरण प्रदूषण बढाउने भएकोले पछिल्लो समय विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिकतामा राखेको जानकारी गराए । महानगर प्रमुख महर्जनले एक पटकको मात्रै नेपाल भ्रमण पर्याप्त नभएको बताउँदै पुनः आउन निम्तो दिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij