
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । यसै मंसिर १५ गतेदेखि शुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल)को ट्रफी आज (सोमबार) सार्वजनिक भएको छ । काठमाडौंमा आज बिहान भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रफी सार्वजनिक गरेका हुन् ।
उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्टबीच भिडन्त हुनेछ ।
एनपीएलमा देशका प्रमुख क्षेत्रलाई प्रतिनिधित्व गर्ने आठ टोलीले भाग लिनेछन् । यीमध्ये पाँच वटाको नाम प्रमुख शहर र तीन वटाको नाम प्रदेशबाट राखिएको छ ।
यी हुन् एनपीएल टोली :
१. विराटनगर किङ्स
२. जनकपुर बोल्ट्स
३. कर्णाली याक्स
४. काठमाडौं गुर्खाज
५. लुम्बिनी लायन्स
६. पोखरा एभेन्जर्स
७. चितवन राइनोज
८ सुदूरपश्चिम रोयल्स ।
प्रत्येक टोलीमा कम्तीमा १६ जना खेलाडी हुनेछन् । अक्टोबर ६ मा आयोजित अक्सनमार्फत ८० खेलाडी छनोट गरिएका थिए । प्रत्येक टोलीले चारजना विदेशी खेलाडी र एक स्थानीय आइकनिक खेलाडी राख्नैपर्ने प्रावधान छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij