Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्रीको चासो

राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्रीको चासो

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय गौरवका आयोजनाहरूबारे जानकारी लिने भएका छन्। हाल सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति र आयोजना सञ्चालनका क्रममा आएको चुनौतीको विषयमा आयोजना प्रमुख र सरोकारवालासँग प्रधानमन्त्रीले ब्रिफिङ लिन लागेका हुन् ।

    images
    images
    images

    राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्था बारे जानकारी लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो तीन बजे बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    नेपालमा सडक, सिँचाइ, जलविद्युत, सुरुङ मार्गहरू लगायतका ठुला योजनाहरू राष्ट्रिय गौरवका आयोजनाका रूपमा सञ्चालनमा छन् । यसै बिच आजै चिकित्सा सेवा आयोगको बैठक पनि बस्दै छ । बालुवाटार स्थित पुरानो सचिवालयमा बस्ने सो बैठकमा पनि प्रधानमन्त्रीले सहभागिता जनाउने सचिवालयले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij