
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको चार महिनामा ३ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
महानगरले साउनदेखि कात्तिक मसान्तसम्म ३ अर्ब १६ करोड ७८ लाख ११ हजार राजस्व संकलन गरेको हो । जुन चालू आवका लागि लिइएको लक्ष्यको २४.५४ प्रतिशत हो ।
महानगरले चालू आवमा १२ अर्ब ९० करोड ६३ लाख २५ हजार राजस्व उठाउने लक्ष्य राखेको छ ।
आन्तरिक राजस्व ८ अर्ब ३ करोड ५७ लाख लक्ष्य राखेको महानगरले १ अर्ब ९९ करोड ४६ लाख उठाएको छ । जुन लक्ष्यको २४.७७ प्रतिशत हुन आउँछ ।
त्यस्तै, चालू आवको चार महिनामा पर्यटन शुल्कबाट ६ करोड ७५ लाख संकलन भएको छ भने अन्य सेवा शुल्कबाट ५ करोड ९६ लाख रुपैयाँ संकलन भएको छ ।
यसका साथै महानगरले नक्सा पास दस्तुरबाट १२ करोड ७ लाख, सिफारिस दस्तुरबाट २ करोड ८८ लाख र व्यवसाय रजिस्ट्रेसन दस्तुरबाट २२ करोड ८७ लाख आम्दानी गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij