
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली पोखरा एभेन्जर्सका मुख्य प्रशिक्षक राजिव कुमार नेपाल आइपुगेका छन् ।
सोमबार राति भारतीय प्रशिक्षक कुमार पोखरा आइपुगेको टोलीले जनाएको छ । उनलाई टोलीका पदाधिकारीले स्वागत गरेको थियो ।
कुमार गत सिजन भारतको इन्डियन प्रिमियर लिग (आईपीएल) चेन्नई सुपर किंग्सको फिल्डिङ प्रशिक्षकमा थिए ।
आगामी मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा आयोजना हुन गइरहेको एनपीएलमा पोखराका लागि नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की खेलाडी छन् ।
टिमका सल्लाहकार एवम् परामर्शदाताका रुपमा दक्षिण अफ्रिकाका जोन्टी रोड्स अनुबन्ध भइसकेका छन् । मंसिर १८ मा पोखरा एभेन्जर्सले आफ्नो पहिलो खेल चितवन राइनोजविरुद्ध खेल्ने छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij