
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली चितवन राइनोजले आफ्नो जर्सी सार्वजनिक गरेको छ ।
भरतपुर महानगरपालिकाकी मेयर रेनुका दाहालले चितवनको जर्सी सार्वजनिक गरेकी हुन् । सोही कार्यक्रममा चितवन राइनोजको गीत र मस्कट पनि सार्वजनिक गरिएको छ ।
कार्यक्रममा मार्की खेलाडी कुशल मल्ल, अन्य खेलाडीसहित चितवन मेडिकल कलेजका अध्यक्ष डा. हरिशचन्द्र न्यौपाने, टोलीका अध्यक्ष आयुष न्यौपानेको पनि उपस्थिति थियो ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा पहिलो संस्करणको एनपीएल मंसिर १५ देखि पुस ६ गतेसम्म हुँदैछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij