
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । मकवानपुरको भीमफेदीमा ट्रक दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । त्रिभुवन राजपथअन्तर्गत भीमफेदी गाउँपालिका-९ स्थित महाभीर खोल्सामा झापाबाट काठमाडौंतर्फ बाँस लिएर जाँदै गरेको प्रदेश १–००२–०१ ख ९७०७ नम्बरको ट्रक सोमबार बिहान अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।
ट्रक सडकबाट करिब २० मिटर तल खोल्सामा खसेको र तीन जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
ट्रकमा चालकसहित तीन जना सवार रहेकोमा झापा दमक नगरपालिका ९ बस्ने वर्ष १४ का जनक नेपाल बायाँ हात खुटामा चोट लागेको छ । उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij