Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कीर्तिपुर- ३ का वडाध्यक्षद्वारा कार्यवाहक मेयरको कार्यकक्षमा तोडफोड

कीर्तिपुर- ३ का वडाध्यक्षद्वारा कार्यवाहक मेयरको कार्यकक्षमा तोडफोड

  • काठमाडौं । कीर्तिपुर नगरपालिका-३ का वडाध्यक्ष सुविन्द्र महर्जनले कार्यवाहक मेयर शुभलक्ष्मी शाक्यको कार्यकक्षमा तोडफोड गरेका छन् । आज दिउँसो नगरपालिका पुगेका उनले प्रमुख प्रशासकीय अधिकृतले धेरैबेर कुराएको झोक कार्यवाहक मेयरसामु पोखेका हुन् ।

    images
    images
    images

    वडाध्यक्ष महर्जन आफ्नो वडाको बाटोको काम लिएर नगरपालिका आएका थिए । बाटो बिस्तार लागि एउटा सूचना निकाल्न नगरपालिकाले ढिलाइ गरेको उनको गुनासो थियो । उनी आउँदा प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकाल अर्कै बैठकमा व्यस्त थिए । वडाध्यक्ष महर्जले झण्डै दुई घन्टा प्रतीक्षा गर्नुपरेको थियो ।

    त्यसपछि आक्रोश थाम्न नसकेका उनी मेयर शाक्यको कार्यकक्षमा छिरेर विवाद गरे । यस क्रममा लात्तिले त्यहाँ रहेको सिसाको टेबलमा हानेका थिए । टेबल झिरिप्पै फुट्यो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij