Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कीर्तिपुरको मेयरमा जसपा नेपालबाट तेस्रो लिंगी हनिको उम्मेदवारी दर्ता

कीर्तिपुरको मेयरमा जसपा नेपालबाट तेस्रो लिंगी हनिको उम्मेदवारी दर्ता

  • काठमाडौं । मंसिर १६ को स्थानीय तह उपचुनावको लागि कीर्तिपुर नगरपालिकाको मेयरमा तेस्रो लिंगी दीपक महर्जन (हनि) र वडाध्यक्षमा राजीव महर्जन (मौनी) ले मनोनयन दर्ता गराएका छन् ।

    images
    images
    images

    उनीहरूलाई उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले टिकट दिएको हो ।

    यौनिक तथा लैङ्गिक समुदायको अधिकारका लागि वकालत गर्दै आएको मायाको पहिचान नेपालको पहलमा हनिलाई मेयर र मौनीलाई ४ नम्बर वडाध्यक्षको उम्मेदवार बनाइएको हो ।

    राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सहभागिताका लागि उनीहरूलाई अघि सारिएको जसपाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij