
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नेपाल मजदुर किसान पार्टी(नेमकिपा)ले कीर्तिपुर नगरपालिकाको मेयर र वडाध्यक्षहरुमा उम्मेदवारी दिएको छ ।
मेयर पदमा श्री कृष्ण महर्जनले उम्मेदवारी दिएका छन् भने वडानम्बर ४ मा महेश्वर सुबेदी र वडा १ कृष्ण प्रसाद महर्जनले उम्मेदवारी दर्ता गरेका छन् ।
यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि नेमकिपाले कीर्तिपुर नगरपालिकाको तीन वटै पदमा उम्मेवारी दिएको हो ।
कीर्तिपुरको मेयरमा नेकपा एमालेका डा.सुरेन्द्र महर्जन, नेपाली कांग्रेसका कृष्णमान डंगोल, नेकपा माओवादी केन्द्रबाट प्रा.डा. शिवशरण महर्जन, राप्रपाका ध्रुव महर्जन, बाबुराम भट्टराईको डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का दिलकुमार महर्जन र स्वतन्त्रको नवरथ कुमार बानियाँ उम्मेदवार छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij