Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

ओलीको चाइना कार्ड र प्रचण्डको लम्पसारवाद

ओलीको चाइना कार्ड र प्रचण्डको लम्पसारवाद

  • काठमाडौं । सुगौली सन्धिदेखि सुरु भएको राष्टिय आत्मसमर्पणवाद आज पर्यन्त पनि जारी नै रहनु स्वाभिमानी नेपालीको लागि ज्यादै दुखद पक्ष हो । नेपालमा भएका वाम तथा दक्षिण जुनसुकै प्रकारका आन्दोलनहरुमा पनि दक्षिणी छिमेकीको चासो र हस्तक्षेप हुने गरेको छ । यद्यपी नेपाल एउटा सार्वभौम र स्वतन्त्र मुलुक हो । तर यहाँका शासकहरुको दास मानसिकता र लम्पसारवादी सोचको कारण नेपाल भारतीय संस्थापनको स्वार्थभन्दा बाहिर जान सकेको छैन । 

    images
    images
    images


    इतिहासमा नेपाली जनताले वीरतापूर्ण संघर्षहरु गर्दै आएका छन् । जनताको तहबाट देशभक्तिको अनुपम नमुना प्रदर्शन भएकै हो । तर नेतृत्व भने पालैपालो विदेशी शक्तिको गुलाम बनेको पनि जगजाहेर नै छ । खासगरी भारतीय पक्षले पालैपालो आफ्नो स्वार्थ अनुसार यहाँका नेताहरुलाई प्रयोग गर्दै आएको छ ।

    सत्ता बाहिर हुँदा राष्टवादको चर्को भाषण गर्नेहरु नै सत्तामा पुगेपछि भारतीय निगाहबिना बाँच्न सकिदैन भन्ने दास मनोवृत्ति देखाउन थाल्छन् । यो आत्मसमर्पणवादको सिलसिला निकै लामो छ । यहाँ नेकपा  ९माओवादी केन्द्र० का अध्यक्ष प्रचण्डले लिएका केही बिरोधाभाषपूर्ण नीतिहरुको चर्चा गर्ने प्रयत्न गरिएको छ । 
    विद्रोहपछि शान्ति प्रक्रियामा आउँदा प्रचण्डमा जुन क्रान्तिकारी तेज थियो त्यो अहिले समाप्त प्राय  भएको माओवादीका एक केन्द्रीय सदस्यले बताएका छन् । शान्ति प्रक्रियापछि सुरु भएको प्रचण्डको विचलन र अस्थिरताले उनलाई सत्ताभन्दा बाहिर रहन नसक्ने बनाएको माओवादीवृत्तमै चर्चा चल्न थालेको छ 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij