
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । राष्ट्रिय विकास समस्या समाधान समितिको ५३औँ बैठक बसिरहेकाे छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक जारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता शुरु भएको बैठकमा सबै मन्त्री, योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सचिवहरू सहभागी छन् ।
बैठकमा विकाससम्बन्धी नीति, योजना, कार्यक्रम तथा आयोजनाको प्रगति समीक्षा र समस्याको समाधानलगायतका विषयमा छलफल हुने बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij