Logo

Sep 06 2025 | २०८२, भदौ २१ गते

Sep 06 2025 | २०८२, भदौ २१ गते

काठमाडौं सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने पक्राउ

काठमाडौं सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने पक्राउ

  • काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत चरित्र हत्या हुने अभिव्यक्ति प्रसारण गर्ने कुमारी जानकी बोगटीलाई पक्राउ गरेको छ । साइबर ब्यूरोका उपनिर्देशक प्रवक्ता दिपकराज अवस्थीका अनुसार सामाजिक जीवनमा गम्भीर असर पुर्‍याउने कार्य गरेको भनी आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि पीडित महिलाबाट निवेदन प्राप्त भएको थियो । कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर १३ की बोगटीलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा मुद्दा दर्ता गरी जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोगमा पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।उहाँका अनुसार जिल्ला अदालत काठमाडौँको आदेशले पाँच दिन म्याद थप भइ आवश्यक अनुसन्धान भइरहेको छ ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट